गृहपृष्ठ नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित ?

नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित ?

अहिलेसम्म दुई लाख १५ हजार ८३९ जनाको पीसीआर परीक्षण

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार सात सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारसम्म कोरोनाबाट निको हुनेको संख्या तीन हजार १३ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या २८ पुगेको छ । अहिलेसम्म दुई लाख १५ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएको उनले बताए ।

नेपालमा सबैभन्दा बढी रौतहट जिल्लामा देखिएका छन् । रौतहटमा अहिलेसम्म एक हजार ३४३ जनामा संक्रमण देखिएको छ भने २४३ जना उपचारपछि घर फर्किएका छन् ।

 

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु