गृहपृष्ठ विश्वका १७ देशले जिते कोरोना भाइरस, १२ देशका सबै संक्रमित डिस्चार्ज

विश्वका १७ देशले जिते कोरोना भाइरस, १२ देशका सबै संक्रमित डिस्चार्ज

विश्वभर एक करोड ३४ लाख ५७ हजारमा संक्रमण, पाँच लाख ८१ हजार २२१ को मृत्यु

विश्वका २१५ देशमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) प्रकोप फैलिरहेको बेलामा कुनै कुनै देश भने संक्रमण मुक्त भइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म १७ देश संक्रमणमुक्त भइसकेका छन् ।

एक करोड ३४ लाख ५७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण फैलिरहेको बेलामा १२ देशले भने मानवीय क्षति बेहोर्नुपरेको छैन । १२ देशहरुमा सतप्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

फेरो आइसल्यान्ड, टिमोरलिस्टे, ग्रेनाडा, न्युकालेडोना, लाओस्, डोमिनिका, फल्कल्यान्ड आइसल्यान्ड, ग्रीनल्यान्ड, भ्याटिकनसिटी, क्यारबियन नेदरल्यान्ड, साउथ बार्थ, अंगेलियामा संक्रमित सबै डिस्चार्ज भएका छन् । त्यस्तै विश्वका पाँच वटा देशहरु भने केही मानवीय क्षति भए पनि संक्रमणमुक्त भइसकेका छन् ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म पाँच लाख ८१ हजार २२१ जनाले ज्यान गुमाइसकेका छन् । ब्रिटिस भर्जिन आइसल्यान्डमा एक जनाको ज्यान गएको छ भने बाँकी ७ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै कुराकोमा एक जनाको ज्यान गएको छ भने बाँकी २४ जनालाई सञ्चो भइसकेको छ ।

कोरोनामुक्त हुने मुलुकमध्येको अर्को देश हो सिन्टमार्टेन । यो मुलुकमा ७८ जना संक्रमित थिए । जसमा १५ जनाको ज्यान गएको छ भने ६३ जनालाई सञ्चो भइसकेको छ । त्यस्तै ब्रुनाइमा १४१ जना संक्रमितमध्ये ३ जनाको ज्यान गएको छ भने १३८ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै इज्लेअफ म्यानमा २४ जनाको ज्यान गएको छ भने ३१२ जनाको सफल उपचार भएर कोरोनामुक्त भएको छ ।

प्रकाशित समय १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु