गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नजिक, ६० हजारको अवस्था चिन्ताजनक

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नजिक, ६० हजारको अवस्था चिन्ताजनक

संक्रमितको संख्या एक करोड ४१ लाख नाघ्यो, ८४ लाख ५५ हजार संक्रमित डिस्चार्ज

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नजिक पुगेको छ । गएको २४ द्दण्टामा मात्रै विश्वभर करिब साढे ६ हजारको ज्यान गएपछि मृत्यु हुनेको संख्या पाँच लाख ९९ हजार ३४१ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका एक करोड ४१ लाख ८९ हजार २२३ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा मात्रै साडे दुई लाख जनामा भाइरस संक्रमण देखिएको हो ।
त्यस्तै ८४ लाख ५५ हजार २०६ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् भने ५१ लाख ३४ हजार ६७६ जनाको उपचार भइरहेको छ । त्यस्तै उपचाररतमध्ये ६० हजार १३६ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३७ लाख ७० हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ७५ हजार जनामा संक्रमण देखिएको थियो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख ४२ हजार नाघेको छ । एकै दिनमा मात्रै अमेरिकामा करिब एक हजार जनाले ज्यान गुमाए ।

विश्वका २१५ देशमध्ये सबैभन्दा बढी फैलिएको अमेरिकामा १७ लाख ४१ हजारभन्दा बढीको सफल उपचार भइसकेको छ भने १८ लाख ८६ हजारभन्दा बढीको उपचार भइरहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २० लाख ४८ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ३३ हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएपछि कुल संक्रमितको संख्या २० लाख ४८ हजार ६९७ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या ७७ हजार ९३२ पुगेको छ ।

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु