गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो, ६० हजार संक्रमितको अवस्था चिन्ताजनक

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो, ६० हजार संक्रमितको अवस्था चिन्ताजनक

संक्रमितको संख्या एक करोड ४४ लाखभन्दा बढी, ८६ लाख १२ हजार डिस्चार्ज

विश्वभर कोरोना संक्रमणबाट ज्यानन गुमाउनेको संख्या ६ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब ६ हजारको ज्यान गएपछि मृतकको संख्या ६ लाख चार हजार ९१७ पुगेको हो । त्यस्तै संक्रमितको संख्या पनि एक करोड ४४ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४४ लाख २५ हजार ९४३ पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ३५ हजारभन्दा बढी व्यक्तिमा कोरोना देखिएको थियो । त्यस्तै कुल संक्रमितमध्ये ८६ लाख १२ हजार ३३३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म ५२ लाख आठ हजारको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै करिब ६० हजारको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या ३८ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ६३ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि संक्रमितको संख्या ३८ लाख ३३ हजार २७१ पुगेको हो ।

अमेरिकामा अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ४२ हजार ८७७ पुगेको छ । गएको २४ घण्टामा मात्रै ८१३ जनाको ज्यान गएको थियो । त्यस्तै १७ लाख ७५ हजार जना कोरोना संक्रमितको सफल उपचार भएको छ । त्यस्तै १९ लाख १५ हजारको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि १६ हजारभन्दा बढीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ ।

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु