गृहपृष्ठ गण्डकी प्रदेशमा थप ५ जनामा संक्रमण, संख्या १३५० पुग्यो

गण्डकी प्रदेशमा थप ५ जनामा संक्रमण, संख्या १३५० पुग्यो

कास्कीमा दुई जनासँगै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थय निर्देशानालयका अनुसार पछिल्लो पटक पाँच जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३५० पुगेको हो ।

उनीहरु पर्वत, स्याङ्जा र कास्कीका रहेका छन् । पर्वतको मोद गाउँपालिकाका २५ वर्षीय पुरुष र ३९ वर्षीय महिलाका को क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएको छ । त्यस्तै स्याङजा चापाकोट गाउँपालिकामा २८ वर्षीय पुरुषमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २५ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । हालसम्म गण्डकी प्रदेशमा एक हजार ९१ निको भएर घर फर्किएका छन् ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु