गृहपृष्ठ थप १४७ जनामा कोरोना पुष्टि, एकको मृत्यु
थप १४७ जनामा कोरोना पुष्टि, एकको मृत्यु
आज कोरोना भाइरसबाट थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५६ जना निको भएर घर फर्केको बताएका छन् ।
योसँगै हालसम्म कोरोनाबाट निको भएर घर फर्किनेको संख्या १२ हजार ८४० पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।
प्रकाशित समय १६:३९ बजे

















