गृहपृष्ठ विश्वभर एकैदिन थपिए दुई लाख ८७ हजारभन्दा बढी संक्रमित

विश्वभर एकैदिन थपिए दुई लाख ८७ हजारभन्दा बढी संक्रमित

विश्वभर ९५ लाख ३५ हजार ३४२ जना भाइरमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस एकै दिनमा दुई लाख ८७ हजार ६११ जनामा संक्रमण देखा परेका छन् ।

योसँगै विश्वमा हाल एक करोड ५६ लाख ५३ हजार ५९८ जना संक्रमितको संख्या पुगेको वल्र्डोमिटरको तथ्यांकले जनाएको छ । बितेका २४ घण्टामा विश्वमा ६ हजार ३०९ जनाले भाइरसबाट ज्यान गुमाएका छन् । हाल विश्वमा ६ लाख ३६ हजार ४७० जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकामा गएको २४ घण्टामा अमेरिकामा ६९ हजार ११६ जना संक्रमितको संख्या थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ४१ लाख ६९ हजार ९९१ पुगेको छ । अमेरिकापछि ब्राजिलमा ५८ हजार ८० जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै ब्राजिलमा संक्रमितको संख्या २२ लाख ८९ हजार ९५१ पुगेको छ । भारतमा ४८ हजार ४४६ जना नयाँ संक्रमित देखिएको छ । भारतमा अहिलेसम्म संक्रमितको संख्या १२ लाख ८८ हजार १३० पुगेको छ । विश्वभर ९५ लाख ३५ हजार ३४२ जना भाइरमुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित समय ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु