गृहपृष्ठ कोरोनाबाट डिस्चार्ज हुनेको संख्या एक करोड नजिक, ६ लाख ४८ हजारको मृत्यु

कोरोनाबाट डिस्चार्ज हुनेको संख्या एक करोड नजिक, ६ लाख ४८ हजारको मृत्यु

कुल संक्रमितमध्ये ५६ लाख ४० हजारको उपचार हुँदै

कोरोना भाइरस जितेर डिस्चार्ज हुनेको संख्या एक करोड नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब ५० हजारको संख्यामा कोरोना उपचारपछि घर फर्किएपछि डिस्चार्ज हुनेको संख्या ९९ लाख १३ हजार २३२ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर दुई लाख ७० हजारभन्दा बढी व्यक्तिमा कोरोना देखिएपछि कुल संक्रमितको संख्या एक करोड ६२ लाख दुई हजार ३८५ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ६ लाख ४८ हजार नाघेको छ । शनिवारमात्रै विश्वभर साढे ६ हजारको ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये ५६ लाख ४० हजारको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ६६ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको स्वास्थ संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमण भएको अमेरिकामा कोरोना संक्रमितको संख्या ४३ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ६७ हजार ४१३ जनामा कोरोना देखिएपछि ४३ लाख १५ हजार ७०९ पुगेको छ ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार नाघेको छ । एकै दिनमा मात्रै ९०८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २० लाख ६१ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् भने २१ लाखभन्दा बढीको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु