गृहपृष्ठ विश्वभर कोरोना सक्रमितको संख्या एक करोड ७७ लाख नाघ्यो
विश्वभर कोरोना सक्रमितको संख्या एक करोड ७७ लाख नाघ्यो
ज्यान गुमाउनेको संख्या ६ लाख ८२ हजार पुग्यो
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब तीन लाख थपिएपछि कुल संक्रमितको संख्या एक करोड ७७ लाख ५६ हजार १६३ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि ६ लाख ८२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै सात हजारको हाराहारीमा ज्यान गएपछि मृतकको संख्या ६ लाख ८२ हजार ९७२ पुगेको छ । त्यस्तै एक करोड ११ लाख ५९ हजार ९१० जना उपचारपछि घर फर्किएका छन् ।
वर्ल्डोमिटरको तथ्यांकका अनुसार ५९ लाख १३ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचाररत भइरहेकामध्ये पनि ६५ हजार ६०३ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रकाशित समय ०९:१७ बजे

















