गृहपृष्ठ थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

उपत्यकामा मात्रै थपिए १०६ जना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४६४ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या २२ हजार २१४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । शुक्रबार मात्रै ५ जनाको ज्यान गएको हो । त्यस्तै डिस्चार्ज हुनेको संख्या पनि १५ हजार आठ सय नाघेको छ । शुक्रबार मात्रै ४२५ जना संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या १५ हजार ८१४ पुगेको हो ।

शुक्रबार मात्रै सात हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको हो । अहिलेसम्म नेपालमा चार लाख २७ हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ८८, ललितपुरमा १० र भक्तपुरमा ८ जना गरी उपत्यकामा १०६ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु