गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नजिक, एक करोड २७ लाख संक्रमित डिस्चार्ज
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नजिक, एक करोड २७ लाख संक्रमित डिस्चार्ज
कोरोनाका कारण सात लाख ३० हजारको मृत्यु, ६३ लाख ५१ हजारको उपचार हुँदै
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ७१ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड ९८ लाख चार हजार ४०८ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सात लाख ३० हजार पुगेको छ । एकै दिनमा ६ हजार चार सयको ज्यान गएपछि मृत्यु हुनेको संख्या सात लाख २९ हजार ५९१ पुगेको छ । त्यस्तै एक करोड २७ लाख १४ हजार ९९८ जनाको सफल उपचार भएको छ ।
कुल संक्रमितमध्ये ६३ लाख ५१ हजार २६८ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ६५ हजार १४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा एक लाख ६५ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै ९७६ जनाको ज्यान गएको थियो । त्यस्तै ५१ लाख ४९ हजार ७२३ जनामा संक्रमण देखिएको छ भने २६ लाख ३८ हजारको सफल उपचार भएको अमेरिकी स्वास्थ्य संस्थाले जनाएको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ४६ हजार ३०५ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३० लाख १३ हजार ३६९ पुगेको हो । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ८४१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या एक लाख ५४३ पुगेको हो ।
प्रकाशित समय ०९:४८ बजे

















