गृहपृष्ठ कुन जिल्लामा कति कोरोना संक्रमित ?

कुन जिल्लामा कति कोरोना संक्रमित ?

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४८४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या २४ हजार ४३२ पुगेको हो ।

त्यस्तै १६ हजार सात सयभन्दा बढी डिस्चार्ज भएका छन् बुधबार मात्रै देशभर ६४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी बुधबार पुगेका छन् । बुधबार मात्रै ८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

सबैभन्दा बढी कोरोना संक्रमित रौतहटमा देखिएका छन् । अहिलेसम्म रौतहटमा एक हजार ५७३ जनामा संक्रमण देखिएको छ भने ७५० जना संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यस्तै कैलालीमा एक हजार २७७ जनामा संक्रमण देखिएको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला                                                                    संक्रमित                  मृत्यु            डिस्चार्ज

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु