गृहपृष्ठ विराटनगरका कोरोना संक्रमितलाई नेकपाले वितरण गर्‍यो अदुवा-बेसार

विराटनगरका कोरोना संक्रमितलाई नेकपाले वितरण गर्‍यो अदुवा-बेसार

नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार संक्रमित भएर होम आइसोलेसनमा बसेकालाई घरेलु औषधी वितरण गरेको छ ।

संक्रमित बसेको ठाउँमा गएर घरेलु औषधी अदुवा–बेसारलगायतका अन्य औषधी वितरण गरेको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए । उनका अनुसार घरेलु औषधिमा गुर्जो, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै संक्रमित बसेको घरलाई निर्मलीकरण गरिएको छ ।

त्यस्तै स्वास्थ्य सामाग्री पनि वितरण गरिएको छ । संक्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पञ्जा वितरण गरिएको वडा सह–इन्चार्ज सरस्वती ओझाले बताइन् । उनका अनुसार विराटनगर–८ मा १७ जना संक्रमित होमआइसोलेसनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य सामग्री र घरेलु औषधि वडाकमिटी सदस्य भुवन राजवंशी, पवित्रा रायलगायतले वितरण गरेका हुन् ।

प्रकाशित समय ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु