गृहपृष्ठ पर्सामा थपिए ४५ संक्रमित, ग्रामीण भेगमा बढ्दो संक्रमण

पर्सामा थपिए ४५ संक्रमित, ग्रामीण भेगमा बढ्दो संक्रमण

वीरगञ्जको समुदायस्तरमा फैलिएको कोरोना संक्रमणबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पनि फैलिसकेको छ ।

शनिबार फेरि पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालले शनिबार राति ११ बजे सार्वजनिक गरेको विवरणअनुसार पर्सामा ४५ र बारामा २ जनागरी थप ४७ व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वेच्छाले आफ्नो परीक्षण गराएकामध्ये रहेका छन् ।

थपिएका संक्रमितमध्ये अधिकांश पर्साका ग्रामीण भेगका रहेका छन् । पर्साको ग्रामीण क्षेत्रको प्रवेशद्वारा मानिएको पोखरिया नगरपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्सागढी नगरपालिकामा २ जना, बहुदरमाई नगरपालिकामा एक जना र बिन्दबासिनी गाउँपालिकामा एक जनामा समेत संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिकामा पर्ने ग्रामीण भागहरु परवानीपूर, पनटोखा, सोलाखपूर र इनर्वाजस्ता क्षेत्रमा पनि संक्रमण देखिएको छ ।

यसैगरी नारायणी अस्पताल, नारायणी वयोधा अस्पताल र प्राइम फार्मासुटिकल कम्पनिका कर्मचारीमासमेत संक्रमण देखिएको छ । नारायणी अस्पतालको स्त्री तथा प्रस्तु रोग वार्डका २ महिला कर्मचारी, सामाजिक सुरक्षा शाखा १ पुरुष र एक महिलागरी २ जना कर्मचारी, अस्पतालका एक जना सुरक्षा गार्ड, पेडीयाट्रिक विभागकी एक जना महिला कर्मचारी, ओपीडीका काउन्टर स्टाफ एक जनागरी ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै नारायणी वयोधा अस्पतालका एक जना हाउस कपीङ स्टाफ, एक जना प्रशासन शाखाका र एक जना स्टोरकागरी ३ जना कर्मचारीमा संक्रमण देखिएको छ । यस्तै वीरगञ्जस्थित प्राइम फार्मासुटिकल कम्पनीका पाँच जना कर्मचारी पनि संक्रमण भएका छन् । पाँचै जनामा कोरोनाको लक्षणसमेत देखिएको अस्पतालका चिकित्सकले जानकारी दिए ।

त्यसैगरी नारायणी अस्पतालमै डायलिसिस गराई रहेका ४२ वर्षीय पुरुष र आइसियुमा भर्ना एक जना २२ वर्षीय युवकमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै भवानी अस्पतालमा भर्ना भएका एक जना ५२ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।

यता जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकाको वडा नं. २ छापकियाँका एक जना ४० वर्षीय पुरुष, वडा नं. ४ विर्ताका एक जना २४ वर्षीय युवक, वडा नं. ५ लाठगल्लिका एक जना ४८ वर्षीय पुरुष, वडा न. ८ पानीटंकीका ३२ वर्षीय पुरुष, वडा नं. १० घडिअर्वाका एक जना ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै महानगरको वडा नं. ११ को श्रीपुर र रानीघाटमा दुई जना २५ र ७० वर्षीय महिला, एक जना १२ वर्षीय बालक र दुई जना ३२ र ५१ वर्षीय पुरुषगरी ५ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी वीरगञ्जको वडा न. १२ मुर्लीका एक जना ५२ वर्षीय पुरुष र पानीटंकीका एक जना ११ वर्षीय बालक र २० वर्षीय युवतीगरी ३ जना, वडा नं. १६ इनर्वाका २५ वर्षीय पुरुष र वडा नं. ३२ सोलखपूरका एक जना १९ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

पोखरिया नगरपालिकाको वडा नं. १ का ४६ र ४८ वर्षीय दुई जना पुरुष, वडा नं. ४ की एक जना ३० वर्षीय महिला, ८ वर्षीय बालक, २७, २८ र ५५ वर्षका तीन जना पुरुष गरी ६ जना, वडा नं. ७ की एक जना २८ वर्षीय महिला र एक जना ३७ वर्षीय पुरुषगरी २ जना र वडा नं. ९ का १८ र ४० वर्षका २ जना पुरुष गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्सागढी नगरपालिका वडा नं. २ बगबनाका एक जना २५ वर्षीय पुरुष र वडा नं. ५ पञ्चरुखीका एक जना ३१ वर्षीय पुरुषगरी २ जनामा पनि संक्रमण पुष्टि भएको छ । बहुदरमाई नगरपालिका वडा नं. ९ भौराटारका एक जना २३ वर्षीय पुरुष र बिन्दबासिनी गाउँपालिका वडा नं १ का एक जना २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । पर्साकै परवानीपुरका एक जना २० वर्षीय पुरुष, पनटोखाका एक जना २६ वर्षीय पुरुष, देवरवाना ३ का एक जना २९ वर्षीय पुरुष, बिरुवागुठिका एक जना ३५ वर्षीय पुरुष र ठेगाना नखुलेका २ जना २२ र ३२ वर्षीय पुरुषगरी पर्सामा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

बाराको कलैया उपमहानगरपालिका १ का एक जना ६० वर्षीय पुरुष र महागढी नगरपालिका वडा न. ५ कवहीका एक जना ४० वर्षीय पुरुषगरी २ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका हेल्थ इन्चार्ज जयमोद ठाकुरले जानकारी दिए । १० महिला रहेका संक्रमितहरुको उमेर समुह ८ वर्षदेखि ७० वर्षसम्म रहेको छ ।

प्रकाशित समय ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु