गृहपृष्ठ उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित
उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित
उपत्यकामा १५९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मात्र देशभर ६८१ जनामा संक्रमण देखिएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । मन्त्रालयका अनुसार १२० जना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार सात सय पुगेको छ ।
प्रकाशित समय १६:३० बजे

















