गृहपृष्ठ गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना देखिएको छ । प्रदेशको ३ जिल्ला कास्कीका ३, तनहुँका २ र स्याङजाका १ जनामा कोरोना संक्रमण पुुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोर र १६ वर्षीया बालिकालाई कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । त्यसैगरी पोखरा ८ की ४२ वर्षीय महिला, तनहुँ भानुका दुई जना पुरुष र स्याङजा गल्याङकी ४०वर्षीय महिलामा कोरोना पुष्टि भएको शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा १ हजार ८१८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५७२ जना निको भएर घर फर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु