गृहपृष्ठ प्रदेश सरकारले निर्माण गरेको आइसोलेसन : जहाँ महिना दिनसम्म पनि उठ्दैन फोहोर

प्रदेश सरकारले निर्माण गरेको आइसोलेसन : जहाँ महिना दिनसम्म पनि उठ्दैन फोहोर

पौष्टिक आहार मात्र नभइ खानेपानीको समेत अभाव छ : संक्रमित

धनुषाको नगराइन नपा–५ गंगुलीस्थित प्रदेश २ सरकारले निर्माण गरिएको आइसोलेसन सरसफाई अभावमा निकै दुगन्धित भएको संक्रमितहरुले गुनासो गरेका छन् ।

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले निर्माण गरेको २५० वेडको आइसोलेसनमा महिनौंदेखि सरसफाई नहुँदा संक्रमित बस्ने भवन निकै दुगन्धित र फोहोर देखिएको कोरोना भाइरसका संक्रमित भइ विगत ४ दिनदेखि गंगुलीको आइसोलेसनमा बस्दै आएका जनकपुरका एक संचारकर्मीले गुनासो गरेका छन् ।

विगत ८ दिनदेखि आइसोलेसनमा बस्दै आएका हंसपुर नगरपालिकाका वडाध्यक्षले आफूहरु यस आइसोलेसनमा निकै कष्टपूर्ण जीवन विताउन बाध्य भएको गुनासो गरेका हुन् । आइसोलेसनको नाममा कोठामा वेड नभएको, सरसफाई नभएको, धारामा खानेपानी नभएको, तातोपानी गर्ने व्यवस्था नभएको र दैनिक बन्दागोभीको तरकारी र उरिदको दाल खुवाउँदै आएकाले आफूहरुलाई निकै पीडा भई रहेको बताए ।

वडाध्यक्षले आफूहरुलाई पोलोथिनमा राखेर खाना खुवाउँदै अमानवीय व्यवहार गर्दै आएको बताए । पौष्टिक आहार र फलफूल खान नदिएको भन्दै हंसपुर नगरपालिकाका प्रमुखलाई गुनासो गरेपछि भदौ ४ गते प्रमुखले पठाएको केरा, स्याउ, अनार, च्यवनप्राशलगायतका समान गेटभित्र लान नदिएकोसमेत गुनासो गरे ।

संक्रमित भई आइसोलेसनमा विगत ७ दिनदेखि बस्दै आएका एक प्रहरी जवानले आफूहरुलाई यस आइसोलेसनमा पानी खाने सुविधासमेत नभएको गुनासो गरेका छन् । आइसोलेनमा ११ दिनदेखि बस्दै आएका ७० वर्षीय एक वृद्धले अहिलेसम्म ज्वरोसमेत नजाचेको आरोप लगाए । आइसोलेसनमा बसिरहँदा श्वास प्रश्वासमा समस्या हुँदै आएको भए पनि चिकित्सकहरु कहिल्यै नआउने गरेको गुनासो गरे ।

आइसोलेसनमा बस्नेहरुले पौष्टिक आहार, सन्तुलित खाना र सरसफाईलगायतको आवश्यकताअनुसारको औषधीको सुविधाको लागि पहल गरि दिन मानवअधिकारकर्मी, पत्रकार तथा सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरेको आइसोलेशनमा बस्दै आएका सञ्चारकर्मीले बताए ।

प्रकाशित समय ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु