गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख नाघ्यो
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख २२ हजार पुग्यो, ६६ लाख २८ हजारको उपचार हुँदै
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ३९ हजार ६८१ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या दुई करोड ४० लाख ४२ हजार ६८५ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख २२ हजार पुगेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर पाँच हजार ८२७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म एक करोड ६५ लाख ९१ हजार ३३८ पुगेको छ भने ६६ लाख २८ हजार ८४८ जनाको उपचार भइरहेको छ ।
सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा करिब ६० लाखको हाराहारीमा संक्रमित देखिएका छन् । गएको २४ घण्टामा मात्रै ३९ हजार १८३ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५९ लाख ५४ हजार ८१३ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा मात्रै एक हजार २६१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ८२ हजार ३७५ जनाको ज्यान गएको छ ।
कुल संक्रमितमध्ये अहिलेसम्म अमेरिकामा ३२ लाख ५२ हजारको सफल उपचार भएको छ भने २५ लाख २० हजारको उपचार भइरहेको छ । त्यस्तै ब्राजिलमा ३६ लाख ७४ हजार जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ४६ हजार ९५९ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अहिलेसम्म ब्राजिलमा एक लाख १६ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार २१५ जनाको ज्यान गएपछि मृतकको संख्या एक लाख १६ हजार ६६६ पुगेको छ । त्यस्तै २८ लाख ४८ हजारको सफल उपचार भएको छ भने ७ लाख ९ हजार ११५ जनाको उपचार भइहरको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ६६ हजार ८७३ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३२ लाख ३१ हजार ७५४ पुगेको छ । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या पनि ५९ हजार ६१२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मंगलबार मात्रै भारतमा एक हजार ६६ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म भारतमा २४ लाख ६७ हजारको सफल उपचार भएको छ भने सात लाख चार हजार ८९० जनाको उपचार भइरहेको जनाएको छ । उपचार भइरहेकामध्ये पनि ८ हजार ९४४ जनाको उपचार भइरहेको भारतीय स्वास्थ्य विभागले जनाएको छ ।
प्रकाशित समय १०:०४ बजे

















