गृहपृष्ठ कोरोना संक्रमितको संख्या दुई करोड ५० लाख नजिक, एक करोड ७२ लाख ९८ हजार डिस्चार्ज
कोरोना संक्रमितको संख्या दुई करोड ५० लाख नजिक, एक करोड ७२ लाख ९८ हजार डिस्चार्ज
आठ लाख ४१ हजार ३३१ संक्रमितको मृत्यु, ६१ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक
विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ९३ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या दुई लाख ४९ हजार आठ हजार ९७५ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म आठ लाख ४१ हजार ३३१ जनाको ज्यान गएको छ । त्यस्तै एक करोड ७२ लाख ९८ हजार ४०४ जना संक्रमितको सफल उपचार भएको छ । त्यस्तै ६७ लाख ६९ हजार २४० जनाको उपचार भइरहेको छ भने ६१ हजार १९४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ६० लाख ९६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ४९ हजार ६०१ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ६० लाख ९६ हजार २३५ पुगेको छ । त्यस्तै एक लाख ८५ हजार ९०१ जनाको ज्यान गएको छ । शुक्रबार मात्रै एक हजार १०५ जनाको ज्यान गएको छ । त्यस्तै ३३ लाख ७५ हजार ८३८ जनाको सफल उपचार भएको छ भने २५ लाख ३४ हजार ४९६ जनाको उपचार भइरहेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकापछिको दोस्रो ठूलो देश ब्राजिलमा कोरोना संक्रमितको संख्या ३८ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ४८ हजार ११२ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३८ लाख १२ हजार ६०५ पुगेको छ । त्यस्तै एक लाख १९ हजार ५९४ जनाको ज्यान गएको छ । पछिल्लो एकै दिनमा ८६८ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै २९ लाख ७६ हजार ७९६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने सात लाख १६ हजार २१५ जनाको उपचार भइरहेको छ ।
छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजारभन्दा बढी व्यक्तिमा संक्रमण भएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ७६ हजार ६६५ जनामा संक्रमण देखिएको छ । त्यस्तै शुक्रबार मात्रै एक हजार १९ जनाको ज्यान गएको छ । योसँगै भारतमा ज्यान गुमाउनेको संख्या ६२ हजार ७१३ पुगेको छ । त्यस्तै अहिलेसम्म २६ लाख ४७ हजार ५३८ जनाको उपचार भइरहेको छ भने सात लाख ५० हजार ९८९ जनाको उपचार भइरहेको भारतीय स्वास्थ्य विभागले जनाएको छ ।
प्रकाशित समय ०९:२३ बजे

















