गृहपृष्ठ गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको दुई जिल्ला अन्तर्गत कास्कीका ३ र नवलपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ का ३७ बर्षीय महिला र ५३ बर्षीय पुरुष, वडा नम्बर ८ का ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै नवलपुरको कावासोती र मध्यविन्दुका एक एक जना महिलामा कोरोना संक्रमण देखिएको हो ।
मध्यविन्दुकी २० बर्षीय महिला स्वास्थ्यकर्मी रहेको जनाइएको छ, उनी कलेज अफ मेडिकल साइन्समा कार्यरत छन् । संक्रमण पुष्टि भएसँगै उनलाई सोही कलेजको आइसोलेसनमा राखिएको छ भने अन्यलाई आइसोलेसन लैजाने तयारी भएको उनले बताए ।
योसँगै गण्डकी प्रदेशमा २ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ हजार ६९३ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय ०८:५१ बजे

















