गृहपृष्ठ कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु
कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु
कोरोना भाइरस संक्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो ।
कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको डा पोखरेलले जानकारी दिए ।
हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा. पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना संक्रमितको उपचार भइरहेको छ । (रासस)
प्रकाशित समय १०:४२ बजे

















