गृहपृष्ठ विश्वभर सक्रिय संक्रमितको संख्या ७० लाख नाघ्यो, एक करोड ९३ लाख संक्रमित डिस्चार्ज

विश्वभर सक्रिय संक्रमितको संख्या ७० लाख नाघ्यो, एक करोड ९३ लाख संक्रमित डिस्चार्ज

अहिलेसम्म दुई करोड ७२ लाख ८९ हजार जनामा कोरोना संक्रमण, आठ लाख ८७ हजारको मृत्यु

विश्वभर सक्रिय संक्रमितको संख्या ७० लाख नाघेको छ । त्यस्तै एकै दिनमा मात्रै करिब ६ हजार जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक करोड ९३ लाख ७३ हजार ७१४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म दुई करोड ७२ लाख ८९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ४० हजारको हाराहारीमा संक्रमित थपिएपछि कुल संक्रमितको संख्या दुई करोड ७३ लाख ८९ हजार ७२५ पुगेको हो ।

त्यस्तै अहिलेसम्म आठ लाख ८७ हजार ५५० जनाको ज्यान गएको छ भने एक करोड ९३ लाख ७३ हजार ७१४ जना संक्रमित उपचारपछि घर फर्केका छन् । त्यस्तै ७० लाख २८ हजार सक्रिय संक्रमित देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ६४ लाख ६० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ३१ हजार ११० जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ६४ लाख ६० हजार २५० पुगेको हो । त्यस्तै एक लाख ९३ हजारको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३२ जनाले ज्यान गुमाएका छन् भने ३७ लाख २५ हजारको सफल उपचार भएको छ ।

सबैभन्दा बढी संक्रमित भएको देशको सूचीमा भारत देखिएको छ । ब्राजिलको भन्दा पनि बढी व्यक्तिमा संक्रमित थपिएपछि भारत दोस्रो बढी संक्रमित भएको देशको सूचीमा परेको हो । अहिले भारतमा सबैभन्दा उच्च संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ९१ हजार ७२३ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४२ लाख दुई हजार ५६२ पुगेको हो ।

भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म भारतमा ७१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै एक हजार आठ जनाले ज्यान गुमाएपछि ज्यान गुमाउनेको संख्या ७१ हजार ६८७ पुगेको छ । त्यस्तै ३२ लाख ४७ हजार २९७ जनाको सफल उपचार भएको छ भने आठ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ३७ हजारभन्दा बढी छ । गएको २४ घण्टामा मात्रै १४ हजार ६०६ जना नयाँ संक्रमित थपिएका थिए । अहिलेसम्म ब्राजिलमा एक लाख ३६ हजार ६८६ जनाको ज्यान गएको छ भने ३३ लाख १७ हजारको सफल उपचार भएको छ ।

प्रकाशित समय ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु