गृहपृष्ठ कोरोनाको कहरसँगै हुम्लाको नाम्खा गाउँपालिकाका विद्यालयमा पनि पठनपाठन बन्द

कोरोनाको कहरसँगै हुम्लाको नाम्खा गाउँपालिकाका विद्यालयमा पनि पठनपाठन बन्द

हुम्लाको उच्च हिमाली गाउँपालिकाको नाम्खाले कोभिड १९ को ग्रीन जोनमा हुम्ला परे पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर गाउँपालिकाभित्रका १७ विद्यालयहरु बिहीबारबाट बन्द गरेको छ ।

देशभरका विद्यालयहरु बन्द रहेको अवस्था हुम्लाको नाम्खा गाउँपालिकाले आफ्ना गापाभरीका १६ सामुदायिक र एक गुम्बा विद्यालयहरुमा पठनपाठन जारी राखेको थियो । तर, पनि देशभर फैलिएको कोरोना महामारीका कारण नाम्खा गाउँपालिकाले पनि अर्को व्यवस्था नभएसम्मका लागि पठनपाठन बन्द गरेको जानकारी गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएका छन् ।

गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले हाल विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । अब यो गाउँपालिकामा पठनपाठन बन्द भएपछि चिसो बढ्दै जाने भएकाले अर्को वर्षमा मात्र पठनपाठन गर्न सकिने भएको छ ।

वर्षेनी केही महिनामात्र पढाई हुने हुम्लाको हिमाली भेगमा यो वर्ष त कोरोनो महामारीले पठनपाठनमा असर पार्दा शिक्षामा झनै असर परेको स्थानीय अविभावकहरुले बताउने गरेका छन् ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु