गृहपृष्ठ कुन जिल्लामा कति कोरोना संक्रमित ? (सूचीसहित)

कुन जिल्लामा कति कोरोना संक्रमित ? (सूचीसहित)

अहिलेसम्म ८ लाख ८३ हजारको पीसीआर परीक्षण, ५९ हजार ५७३ संक्रमित, ३८३ को मृत्यु

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५९ हजार ७७३ पुगेको छ । गएको २४ घण्टामा मात्रै थप एक हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट थप एक हजार २४३ जना कोरोनामुक्त भई घर फर्केका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा बढी काठमाडौंमा संक्रमित देखिएका छन् । काठमाडौंमा मात्रै गएको २४ घण्टामा ६५२ जनामा संक्रमित देखिएपछि कुल संक्रमितको संख्या ११ हजार २३३ पुगेको हो ।

त्यस्तै काठमाडौंमा ६७ जनाले ज्यान गुमाएका छन् भने ११० जना कोरोनामुक्त भएका छन् । पर्सामा २ हजार ५५६ जनामा संक्रमण देखिएको भने ४४ जनाले ज्यान गुमाएका छन् ।

(सूचीसहित)

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु