गृहपृष्ठ विश्वभर कोरोनाबाट ९ लाख ६५ हजारको ज्यान गयो
विश्वभर कोरोनाबाट ९ लाख ६५ हजारको ज्यान गयो
फाइल तस्बिर ।
कोरोना भाइरसबाट विश्वभर ९ लाख ६५ हजारभन्दा बढीको ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै तीन हजार ८९१ जनाको ज्यान गएपछि मृत्यु हुनको संख्या ९ लाख ६५ हजार ६५ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख ३१ हजार २०९ पुगेको छ । गएको २४ घण्टामा मात्रै २ लाख ४३ हजार संक्रमित थपिएका छन् । त्यस्तै कोरोना भाइरसबाट २ करोड २८ लाख २२ हजार २५८ जना निको भई घर फर्किएका छन् ।
चीनको वुहानबाट संक्रमण सुरू भएयता विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ४१ हजार ३४७ रहेको छ भने ६१ हजार ४६४ जनाको अवस्था गम्भीर रहेको छ । सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा संक्रमितको संख्या ७० लाख ४ हजार ७६८ रहेको छ भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी कोरोना भाइरस फैलिएको देस्रो देश भारतमा ५४ लाख ८५ हजार ६१२ संक्रमित रहेका छन् भने ८७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । तेस्रो ब्राजिलमा ४५ लाख ४४ हजार ६२९ संक्रमित छन् भने एक लाख ३६ हजार ८९५ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १०:१९ बजे

















