गृहपृष्ठ विश्वभर तीन करोड ३३ लाखभन्दा बढी व्यक्तिमा पुग्यो कोरोना भाइरस
विश्वभर तीन करोड ३३ लाखभन्दा बढी व्यक्तिमा पुग्यो कोरोना भाइरस
कोरोना भाइरसबाट निको हुनेको संख्या विश्वभर दुई करोड ४६ लाख ३८ हजार पुग्यो
विश्वभर तीन करोड ३३ लाख ७ हजार १४९ जनामा कोरोना भाइरस पुगेको छ भने १० लाख दुई हजार ३९९ जनाले ज्यान गुमाएका छन् ।
वितेका २४ घण्टामा थप तीन हजार ८७३ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै दुई लाख ५१ हजार ९१५ जना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर कोरोना भाइरसबाट निको हुनेको संख्या दुई करोड ४६ लाख ३८ हजार पुगेको छ ।
सबैभन्दा बढी कोरोना फैलिएको राष्ट्र अमेरिकामा दुई लाख ९ हजार ४५३ जनाको मृत्यु भएको छ । अमेरिकामा ७३ लाख २१ हजार ३४३ जना संक्रमित छन् । त्यस्तै दोस्रो भारतमा ९५ हजार ५७४ ले ज्यान गुमाएका छन् भने ६० लाख ७४ हजार ७०२ जना संक्रमित रहेका छन् ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या ४७ लाख ३२ हजार ३०९ छ । त्यहाँ ज्यान गुमाउनेको संख्या एक लाख ४१ हजार ७७६ रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या ७६ लाख ६६ हजार ५९७ पुगेको छ । तीमध्ये ६४ हजार ९९६ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित समय १०:३२ बजे

















