गृहपृष्ठ विश्वभर एकैदिन थपिए तीन लाख २२ हजार संक्रमित
विश्वभर एकैदिन थपिए तीन लाख २२ हजार संक्रमित
तीन करोड ४१ लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस, दुई करोड ५४ लाख संक्रमित डिस्चार्ज
विश्वभर एकैदिन तीन लाख २२ हजार ४६२ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कुल संक्रमितको संख्या तीन करोड ४१ लाख ५६ हजार ५८७ पुगेको छ ।
हाल विश्वमा कोरोना भाइरसबाट १० लाख १८ हजार ७८९ जनाले ज्यान गुमाएका छन् । वितेका २४ घण्टामा मात्रै ६ हजार २०९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै कोरोना भाइरसलाई जितेर दुई करोड ५४ लाख २७ हजार १६० जना घर फर्केका छन् ।
सबैभन्दा बढी कोरोना फैलिएको राष्ट्र अमेरिकामा कोरोनाबाट दुई लाख ११ हजार ७४० जनाले ज्यान गुमाएका छन् भने ७४ लाख ४७ हजार २८२ जना संक्रमित पुगेका छन् । दोस्रो बढी संक्रमित मुलुक भारतमा ६३ लाख १० हजार २६७ संक्रमित रहेका छन् भने ९८ हजार ७०८ जनाले ज्यान गुमाएका छन् ।
ब्राजिलमा एक लाख ४३ हजार ९६२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ४८ लाख १३ हजार ५८६ पुगेको छ ।
प्रकाशित समय १०:१२ बजे

















