गृहपृष्ठ सुदूरपश्चिममा सात हजारभन्दा बढी कोरोना संक्रमित

सुदूरपश्चिममा सात हजारभन्दा बढी कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा सात हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार ३७६ जना संक्रमित पुगेका छन् ।

कोेरोना संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढिरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म ६ हजार २०३ जना कोरोना मुक्त भएका छन् । सबैभन्दा धेरै संक्रमित रहेको कैलालीमा एक हजार ८७३ जना निको भएर घर फर्किएका छन् । यस्तै अछामका ९६९, डोटीका ९६० र कञ्चनपुरका ७४९ जना संक्रमित निको भएर घर फर्किएको निर्देशनालयले गरेको छ ।

त्यस्तै बाजुराका ४५१ जना, बझाङका ४३७, बैतडीका ३८९, डडेल्धुराका ३२४ र दार्चुलाका ५१ जना संक्रमित डिस्चार्ज भएका छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १५७ जना रहेका छन् । कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या ६६७ रहेको छ । त्यस्तै डोटीमा १३८, बझाङमा ११०, अछाममा १०६, कञ्चनपुरमा ६५, दार्चुलामा ३०, बैतडी २८ र डडेल्धुरामा १२ सक्रिय संक्रमित छन् भने बाजुरा जिल्ला कोरोनामुक्त भइसकेको छ ।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २२ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले छ । कैलालीका १०, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक÷एक जना संक्रमितले ज्यान गुमाएको छ । कोरोनाले मृत्यु भएकामध्ये तीन जनाले भने आत्महत्या गरेका हुन् । दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित समय ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु