गृहपृष्ठ विश्वभर कोरोनाबाट १० लाख ३७ हजार संक्रमितको मृत्युु
विश्वभर कोरोनाबाट १० लाख ३७ हजार संक्रमितको मृत्युु
सक्रिय संक्रमितको संख्या ७९ लाख ७० हजार, दुई करोड ६१ लाख २६ हजार डिस्चार्ज
फाइल तस्बिर ।
विश्वभर कोरोना भाइरसबाट १० लाख ३७ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै ४ हजार ७९७ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १० लाख ३७ हजार ९७४ पुगेको छ ।
हाल विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ५१ लाख ३५ हजार ४४ रहको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै दुई करोड ६१ लाख २६ हजार ७१३ जना डिस्चार्ज भएका छन् । विश्वभर सक्रिय संक्रमितको संख्या ७९ लाख ७० हजार ३५७ छ भने ६६ हजार ९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
सबैभन्दा बढी कोरोना फैलिएको अमेरिकामा दुई लाख १४ हजार २७७ जनाका मृत्यु भएको छ भने ७६ लाख ८४६ जना संक्रमित छन् । त्यस्तै छिमेकी मुलुक भारतमा वितेको २४ घण्टामा ९३७ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा मृत्यु हुनेको संख्या एक लाख १८ हजार १२ पुगेको छ ।
भारतमा हाल ६५ लाख ४९ हजार ३७३ संक्रमित छन् । ब्राजिलमा संक्रमितको संख्या ४९ लाख ६ हजार ८३३ रहेको छ भने त्यहाँ एक लाख ४६ हजार १३ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १०:३९ बजे

















