गृहपृष्ठ चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीयको कोरोनाबाट मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको आज अपराह्न २ः१३ बजे मृत्यु भएको जानकारी दिए । उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो । उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । (रासस)

प्रकाशित समय ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु