गृहपृष्ठ विराटनगर र धरानमा ५ जना कोरोना संक्रमितको मृत्यु
विराटनगर र धरानमा ५ जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा ५ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुई र कोशी अस्पतालमा एकको गरी ५ जनाको ज्यान गएको हो ।
नोबेलमा रंगेली नगरपालिका- ९ र धरान उपमहानगरपालिका -१२ का पुरुषको मृत्यु भएको हो भने बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ । त्यस्तै नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका-४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो ।
त्यस्तै मोरङको विराटनगरमा २० वर्षीय बन्दी युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला कारागारमा रहेका उनको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित समय १३:५७ बजे

















