गृहपृष्ठ थप ४०४७ जनामा कोरोना संक्रमण
थप ४०४७ जनामा कोरोना संक्रमण
नेपालमा थप ४०४७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा मात्रै एक हजार ४७३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७७ हजार २७७ पुगेको उनले बताए ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।
प्रकाशित समय १६:३० बजे

















