गृहपृष्ठ विश्वभर कोरोनाबाट २ करोड ९१ लाख संक्रमित डिस्चार्ज
विश्वभर कोरोनाबाट २ करोड ९१ लाख संक्रमित डिस्चार्ज
विश्वभर कोरोनाबाट दुई करोड ९१ लाख २३ हजार ५४२ जना डिस्चार्ज भएका छन् । वितेका २४ घण्टामा मात्रै थप विश्वमा तीन लाख ८१ हजार ४६६ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या तीन करोड ८७ लाख ४३ हजार ८६४ पुगेको छ ।
त्यस्तै कोरोनाबाट वितेका २४ घण्टामा ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर ज्यान गुमाउनेको कुल संख्या १० लाख ९६ हजार ८७६ पुगेको विश्व स्वास्थ्य संगठनलले जनाएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या ८५ लाख ३२ हजार ४४६ छ भने ७० हजार ४३१ जनाको अवस्था गम्भीर रहेको संगठनको भनाई छ ।
सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा एकै २४ घण्टामा मात्रै ९७० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या दुई लाख २१ हजारभन्दा बढी नाघेको छ । अमेरिकामा संक्रमितको कुल संख्या ८१ लाख ८५ हजार ४३ पुगेको छ । ५२ लाख ७८ हजारभन्दा बढी डिस्चार्ज भएका छन् ।
छिमेकी राष्ट्र भारतमा हालसम्म ७३ लाख ५ हजारभन्दा बढी संक्रमित छन् भने एक लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ । भारतमा कोरोना जितेर घर फर्कनेको संख्या ६३ लाख ८० हजार ४५६ जना छन् ।
प्रकाशित समय १०:१० बजे

















