गृहपृष्ठ थप ४३९२ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७१५ पुग्यो

थप ४३९२ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७१५ पुग्यो

नेपालमा थप थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै अहिले सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ ।

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु