गृहपृष्ठ विश्वभर संक्रमितको संख्या चार करोड नाघ्यो, ११ लाख १८ हजारको मृत्यु
विश्वभर संक्रमितको संख्या चार करोड नाघ्यो, ११ लाख १८ हजारको मृत्यु
तीन करोड एक लाख १२ हजार संक्रमित डिस्चार्ज, सक्रिय संक्रमितको संख्या ९० लाख पुग्यो
विश्वभर कोरोनाभाइरस संक्रमित हुनेको संख्या चार करोड नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब तीन लाख ४० हजार जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या चार करोड दुई लाख ७८ हजार २०७ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ११ लाख १८ हजार ३२१ जनाको ज्यान गएको छ भने तीन करोड एक लाख १२ हजार संक्रमित डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ९० लाखभन्दा बढी सक्रिय संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सक्रिय संक्रमितमध्ये ७२ हजारको स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ८३ लाख ८७ हजार जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ४४ हजारभन्दा बढी जनामा संक्रमण भएको थियो । त्यस्तै अहिलेसम्म दु्ई लाख २४ हजार ७३० जनाको ज्यान गएको छ । आइतबार मात्रै अमेरिकामा ४४८ जनाको ज्यान गएको वर्ल्डोमिटरको तथ्यांकले बताउँछ ।
अमेरिकामा अहिलेसम्म ५४ लाख ५७ लाख संक्रमित डिस्चार्ज भएका छन् भने २७ लाखको उपचार भइरहेको छ । दोस्रो बढी संक्रमण फैलिएको भारतमा ७५ लाख ४८ हजार जनामा संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा मात्रै भारतमा ५५ हजार ५११ जनामा संक्रमण देखिएको थियो । भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म एक लाख १४ हजारको ज्यान गएको छ । त्यस्तै ६६ लाख ५९ हजार संक्रमित डिस्चार्ज भएका छना् ।
प्रकाशित समय ०९:५६ बजे

















