गृहपृष्ठ कोरोना संक्रमणबाट ८६ वर्षीया बृद्धाको मृत्यु

कोरोना संक्रमणबाट ८६ वर्षीया बृद्धाको मृत्यु

कोरोना संक्रमणबाट ८६ वर्षीय महिलाका मृत्यु भएको छ । वीरेन्द्रनगर–८ की महिलाको मंगलबार दिउँसो १ बजे प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो ।

रुघाखोकी र ज्वरो आएपछि उनलाई असोज ३० गते प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो । उनलाई कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो । प्रदेश स्वास्थ्य सेवा महाशाखाले स्वास्थ्यमा सुधार नआएपछि आइसीयूमा राखेर उपचार गरिएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । सुर्खेत जिल्लामा मात्रै कोरोनाका कारण सात जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु