गृहपृष्ठ मुख्यमन्त्री पौडेललाई हेलिकप्टरमार्फत् ल्याइयो काठमाडौं
मुख्यमन्त्री पौडेललाई हेलिकप्टरमार्फत् ल्याइयो काठमाडौं
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
कोरोना संक्रमणा भएपछि शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको र उनको गंगालाल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेसनमा बसेका थिए । पौडेलसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस देखिएको थियो ।
शुक्रबार कोरोनाले बढी च्यापेपछि काठमाडौं ल्याइएको उनले बताए । हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाउँदै काठमाडौं ल्याइएको बताइएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।
प्रकाशित समय १५:३२ बजे

















