गृहपृष्ठ विश्वभर पाँच करोड १२ लाख व्यक्तिमा पुग्यो कोरोना
विश्वभर पाँच करोड १२ लाख व्यक्तिमा पुग्यो कोरोना
१२ लाख ६९ हजारको मृत्यु, तीन करोड ६० लाख संक्रमित डिस्चार्ज
विश्वभर पाँच करोड १२ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै करिब साढे चार लाखभन्दा बढी संक्रमित थपिएपछि कुल संक्रमितको संख्या पाँच करोड १२ लाख ३९ हजार पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म १२ लाख ६९ हजार १२० जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै करिब ७ हजार संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै तीन करोड ६० लाख ५२ हजार संक्रमितले कोरोना जितेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै एक करोड ३९ लाख १८ हजार सक्रिय संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड चार लाख पुगेको छ । त्यस्तै दुई लाख ४४ हजार ४४८ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कुल संक्रमितमध्ये ६५ लाख ५२ हजार संक्रमित डिस्चार्ज भएका छन् भने ३६ लाख २४ हजारको उपचार भइरहेको छ ।
भारतमा पनि कोरोना संक्रमितको संख्या ८५ लाख ९१ हजार पुगेको छ भने एक लाख २७ हजार १०४ जनाले ज्यान गुमाएका छन् । भारतीय स्वास्थ्य विभागका अनुसार करिब ८० लाख संक्रमित डिस्चार्ज भएका छन् भने पाँच लाख सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित समय ०८:४२ बजे

















