गृहपृष्ठ भारतमा कोरोना संक्रमित ८६ लाख नाघे,  ८० लाख ६६ हजार संक्रमणमुक्त

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे,  ८० लाख ६६ हजार संक्रमणमुक्त

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४८ हजार थपिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८४ हजार पुगेको छ ।

बितेका २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार पुगेको छ ।

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ४ लाख ९१ हजार रहेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमूना परीक्षण गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वद्र्धनले भारतको कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताएका छन् । उनले बुधबार महाराष्ट्र, उत्तराखण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र गोवाका मुख्यमन्त्री, स्वास्थ्य मन्त्री र प्रमुख सचिवहरुसँग कोरोना रोकथाम, उपचार र नियन्त्रणका बारेमा विचारविमर्श गरेका थिए ।

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु