गृहपृष्ठ बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाए

बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाए

अमेरिकाका राष्ट्रपतिमा निर्वाचित बन्न जो बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाएका छन् । बाइडेनको ट्रान्जिसन टीमले यसको जानकारी दिएका हुन् ।

बाइडेनको यो डोज डेलावरमा उनको घर नजिकैको अस्पतालका चीफ नर्सले दिएका हुन् ।

यतिबेला उनले त्यहाँ उपस्थित मिडियासँग संसद भवनमा भएको आक्रमणबारे प्रतिक्रिया दिँदै भने, ‘मलाई लाग्छ, जुन मानिसहरुले यो विद्रोहलाई भड्काए र मानिसहरुको ज्यान खतरामा पारे, सार्वजनिक सम्पत्तिमाथि क्षती पुर्‍याए, उनीहरुलाई पक्राउ गर्न निकै महत्वपूर्ण छ, उनीहरुलाई यसका लागि जवाफदेह ठहर गर्न अत्यावश्यक छ ।’ (एजेन्सी)

 

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु