गृहपृष्ठ विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त मापदण्ड निर्धारण कार्यदल

विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त मापदण्ड निर्धारण कार्यदल

 

विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नका लागि मापदण्ड बनाउन सरकारले कार्यदल गठन गरेको छ । डा. केसीसँगको साउन १० गते भएको सहमतिको बुँदामध्ये एउटा बुँदा समिति गठन गर्ने उल्लेख थियो ।

१५ दिनभित्र समिति गठन गर्ने भनिए पनि सरकारले समिति गठनमा ढिलाइ गरेको भन्दै डा. केसीले पत्रकार सम्मेलन गरी पुनः सम्झाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केसीलाई बोलाएर पुनः बचनबद्धता जनाएका थिए । सहमतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २४औं दिनमा कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा मन्त्रालयका सहसचवि डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा कानुनविद इन्द्र अर्याल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. मधुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव र शिक्षा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुख सदस्य रहनेछन् । कार्यदलको कार्यावधि एक महिनाको हुनेछ ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु