गृहपृष्ठ प्रज्ञा प्रतिष्ठानबाट बाहिरिँदै गर्दा कुलपति उप्रेतिको प्रगति विवरण

प्रज्ञा प्रतिष्ठानबाट बाहिरिँदै गर्दा कुलपति उप्रेतिको प्रगति विवरण

साहित्यिक पत्रिकालाई सहयोगदेखि पुरस्कार वितरण सम्म

nepal-academy

नेपालको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले कार्यकाल सकिएर बाहिरिँदै गर्दा आफूले गरेका कार्यहरु सार्वजनिक गरेका छन् । कुलपति उप्रेतिले सोमबार प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

वि.सं. २०७१ भदौ २० गते नियुक्त भएका उप्रेतिको कार्यकाल यही भदौ १९ गते सकिँदैछ । प्रतिष्ठानबाट बाहिरिँदै गर्दा उप्रेतिले आफूले नेपाली कला साहित्यको श्रीवृद्धिका लागि दिनरात नभनी कार्य गरेको दावी गरे ।

उप्रेतिले लेखक कलाकारहरुलाई उपचार सहयोग, साहित्यिक पत्रिकाहरुलाई सहयोग, प्रज्ञा–पुरस्कार, हीरक जयन्ती विशिष्ट प्रतिभा पुरस्कार, आजीवन सदस्यता, निर्माण, आधुनिक छापाखाना, अन्तर्राष्ट्रिय सम्बन्ध, पुस्तकालय व्यवस्थापन, संग्रहालय, प्रशासनिक सुधार र लेखक साहित्यकार परिचय पत्र वितरण लगायतका कार्य गरेको बताए ।
आफ्नो कार्यकालमा मैथली शब्दकोष, भोजपुरी शब्दकोष, तामाङ शब्दकोष, प्रज्ञा संस्कृति कोष, नेपाली बृहत शब्दकोषका नयाँ सस्करण लगायत विभिन्न भाषासँग सम्बन्धित विभिन्न विधाका एक सय छ वटा महत्वपूर्ण कृतिहरु प्रकाशन गरेको उल्लेख गरे ।

प्रज्ञा–प्रतिष्ठानले आवेदक लेखक र कलाकारहरुलाई कार्यविधिका आधारमा सम्बन्धित समितिले सिफारिस गरे अनुसार चौंबिष लाख छ हजार आर्थिक सहयोग गरेको थियो भने साहित्यिक पत्रिकालाई बाइस लाख दुई हजार सहयोग गरेको थियो ।

प्रज्ञा–प्रतिष्ठानले नेपाल–भारत मैत्री भवन निर्माणमा उन्नाईस त्रियान्नब्बे लाख र दश करोड अठसठ्ठी लाख पचहत्तर हजार चार सय एकाउन्न रुपैयाँको लागतमा आधुनिक छापाखाना सञ्चालनमा ल्याएको छ । कुलपति उप्रेतिले प्रज्ञा प्रतिष्ठानलाई सरकारले पर्याप्त रकम नछुट्याउँदा काम गर्न गाह्रो भएको अनुभव सुनाए ।

प्रकाशित समय २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु