गृहपृष्ठ कोरोना परीक्षणका लागि ७ मुस्लिम जमाती सेती अस्पतालमा

कोरोना परीक्षणका लागि ७ मुस्लिम जमाती सेती अस्पतालमा

सप्तरीको एक धार्मिक सभामा सहभागी भएर फर्केका कैलालीका सात जनालाई प्रहरीको टोलीले आज साँझ धनगढी र अत्तरियाका बिभिन्न स्थानबाट उद्दार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ ।

मुस्लिम जमाती समूहका उनीहरु सप्तरीमा भएको धार्मिक सभामा सहभागी भएका थिए । दिल्लीमा भएको धार्मिक सभामा लकडाउनका कारण सहभागी हुन नपाएका उनीहरु सप्तरीमा भएको सभामा सहभागी भएका थिए ।

प्रहरीले धनगढी उपमहानगरपालिका—१ पशुपति टोलबाट ३ जना, अत्तरियाबाट दुई, चटकपुर र चौराहाबाट एक एक जनालाई उद्दार गरी उनीहरुको थ्रोट स्वावको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

मुस्लिम जमातीहरुमा कोरोनाको संक्रमण पाइएकोले प्रहरीले उनीहरुको खोजी गर्दै हिजो साँझ उद्दार गरेको हो ।

प्रकाशित समय १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु