गृहपृष्ठ प्रदेश २ मा पाँच संक्रमितको मृत्यु

प्रदेश २ मा पाँच संक्रमितको मृत्यु

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहाबाट एक/एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ । प्रदेशबाट अहिलेसम्म कोरोनाको संक्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।

सो अवधिमा सप्तरीबाट ६, सिरहाबाट दुई, धनुषा, महोत्तरी र सर्लाहीबाट १९/१९, रौतहटबाट २०, बाराबाट पाँच र पर्साबाट एक गरी ७९ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका संख्यासमेत गरी प्रदेशमा संक्रमितको संख्या नौ हजार ६३० पुगेको छ । तीमध्ये आज १५२ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरुको संख्या चार हजार ६४८ पुगेको छ ।

प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ । (रासस)

प्रकाशित समय ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु