गृहपृष्ठ बेलायतबाट सहयोग जुट्दै
बेलायतबाट सहयोग जुट्दै
चितवन-बेलायतमा रहेका चितवनवासीले २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक सस्था गठन गरिएका थियो । बेलायमा बस्ने चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् ।
नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि सहयोग गरेका र ट्रष्टका संस्थापक अध्यक्ष कपिल श्रेष्ठका अनुसार आँखा बैंक स्थापनाका गर्न दश हजार पाउण्ड अर्थात करिब चौध लाख नेपाली रुपैँया सहयोग गर्ने बताए ।
बेलायतमा नेपालका अन्य जिल्लाबाट गएका नेपालीले पनि सहयोग गरेका छन् । ट्रष्टले स्थापनाको केही वर्ष रेडक्रससँग सहकार्य गरेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउने बेसाहारा बिरामीका लागि रगत र पानी सहयोग पु¥याएको थियो ।ट्रष्टले माडीमा एम्बुलेन्स प्रदान गरेको छ ।
त्यसैगरी दाहाखानीको गर्दासको माध्यमिक विद्यालयमा भूकम्पले क्षति बनाएको भवन रु १७ लाख खर्च गरेर पुनःनिर्माण गरेको थियो ।बाढीका कारण प्रभावित क्षेत्रमा रु छ लाखभन्दा बढी सहयोग गरेको छ ।
प्रकाशित समय ०६:४८ बजे