गृहपृष्ठ १८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण

१३ वर्षमा बिहे, १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान
डोटी, ११ फागुन । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्इाकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।
१३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्ता भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, भ्यो भन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो, धेरै बच जन्माएर अर्को गल्ती नहोस् भनेर अहिले नै अप्रेसन गरेकी हुँ ।’ नयाँ पत्रिकाबाट

प्रकाशित समय ००:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु