गृहपृष्ठ एक करोडभन्दा बढिको जग्गा स्वास्थ्य केन्द्रलाई दान

एक करोडभन्दा बढिको जग्गा स्वास्थ्य केन्द्रलाई दान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गरिएको छ ।
आफनो बुबा सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दै आएकाले बुबाको कामलाई निरन्तरताका लागि आफुले दान दिएको बताए ।
भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उहाँको अवस्था अझैसम्म अज्ञात रहेको छ ।

प्रकाशित समय १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु