गृहपृष्ठ रेडक्रसले निर्माण गरेको अस्पताल र आवास भवन हस्तान्तरण

रेडक्रसले निर्माण गरेको अस्पताल र आवास भवन हस्तान्तरण

रसुवा । भूकम्पपछि  धुञ्चेमा रेडक्रसले निर्माण गरेको जिल्ला अस्पताल र स्वास्थ्यकर्मी आवास भवन सोमबार हस्तान्तरण गरेको छ ।रु एक करोड ६८ लाख ९३ हजारमा निर्माण भएको २५ कोठे जिल्ला अस्पताल र रु दुई करोड ८८ लाख ३३ हजारको लागतमा अस्पताल हाताभित्र निर्मित कर्मचारी, स्वास्थ्यकर्मी बस्ने २६ कोठा भएका चारवटा भवनसमेत सोमबारै जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण भएको रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङले बताए । अस्पतालमा १५ श्यया रहेका छन् ।

क्यानाडाली रेडक्रसको आर्थिक सहयोगमा निर्माण भएको प्रिफेब्रिकेटेड मोडलका भवनबाट अस्पतालको सबै सेवा सुचारु भइसकेको र दैनिकरुपमा बहिरंगमा समेत २५÷३० जना बिरामीले सेवा लिने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा गुणनिधि शर्माले बताए ।

रेडक्रसले रु ४५ लाख पाँच हजारका उपकरण र रु १९ लाख ६८ हजार बराबरको फर्निचरसमेत उपलब्ध गराएको छ ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु