गृहपृष्ठ एसईई दिएका विद्यार्थीलाई स्मार्ट टेलिकमको निःशुल्क सिम
एसईई दिएका विद्यार्थीलाई स्मार्ट टेलिकमको निःशुल्क सिम
एसईई दिएका विद्यार्थीलाई स्मार्ट टेलिकमले निःशुल्क स्मार्ट स्टुडेन्ट सिमकार्ड दिने भएको छ । २०७५ सालको एसईईमा सहभागी भएका विद्यार्थीलाई स्मार्ट टेलिकमले निःशुल्क सिम दिन लागेको हो ।
स्टुडेन्ट सिमकार्डमा ५ सय एमबीका दरले निःशुल्क ३ महिनासम्म प्राप्त हुनेछ । यो योजना बिहीबारदेखि सुरु भई ९० दिनसम्मका लागि देशभर लागू हुनेछ ।
स्टुडेन्ट सिमकार्ड लिन विद्यार्थीले एसईई प्रवेशपत्रको फोटोकपीसहित आवश्यक कागजात बुझाउनुपर्नेछ । यो सिम नजिकै रहेका स्मार्ट सेन्टरहरु र इडु वर्ल्ड ग्रुपबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।
प्रकाशित समय १२:४८ बजे

















