गृहपृष्ठ फेसबुकले ल्याउने भयो स्टडी एप

फेसबुकले ल्याउने भयो स्टडी एप

photo of facebook newskarobar

फेसबुकले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ एप सार्वजनिक गर्ने भएको छ । स्टडी नाम दिइएको उक्त एपबाट फेसबुकले प्रयोगकर्ताले कुन–कुन एप्लिकेसन, कुन देशबाट र कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिनेछ । यो एप पहिलो चरणमा एन्ड्रोइड फोनमा मात्र उपलब्ध हुनेछ ।

स्टडी एपबाट प्रयोगकर्ताका सन्देश, पासवर्ड र खोलेका वेबसाइट जस्ता वैयक्तिक र गोप्य विवरण भने संकलन नगरिने फेसबुकले जनाएको छ । यसअघि फेसबुक रिसर्च नामको एपबाट फेसबुकले यस्ता डेटा संकलन गर्न लागेको थियो । तर, उक्त एपले टिनएजर्सलाई लक्षित गरेको र गोपनीयतामाथि हस्तक्षेप गरेको भन्दै विरोध भएपछि बन्द गरिएको थियो ।

फेसबुकले फेरि त्यस्तै खालको एप सार्वजनिक गर्न लागेको हो । तर, स्टडी एपमा सहभागी हुने प्रयोगकर्ता १८ वर्ष कटेको हुनुपर्छ । फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ । फेसबुकले यसरी तयार भएको विवरण विज्ञापन पठाउन वा अन्य प्रयोजनका लागि प्रयोग नहुने बताएको छ । फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ । कति विवरण दिएबापत कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन । यो एप सुरुमा अमेरिका र भारत लन्चमा गरिनेछ जनाइएको छ ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु